दोभान कप जारी दोस्रो दिन ५ खेल सम्पन्न
पाेखरा | पुस २, २०८२
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।
रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहिलो खेलमा न्यू स्टारले गगनगौडालाई २–० गोलअन्तरले हराउन सफल भएको छ ।
दोस्रो खेलमा बौद्ध शान्ति क्लब रामघाटले खेम माइला क्लबलाई २–० ले पाखा लगायो । तेस्रो खेलमा आयोजक दोभान क्लबलाई मुलमिलले टाइब्रेकरमा ४–३ ले हराउँदै दोस्रो चरणको यात्रा तय गरेको छ ।
चौथो खेलमा रामघाटले म्याग्दीलाई ३–० ले हराउँदा अन्तिम खेलमा धारापानीले डाडाँपाखालाई टाइब्रेकरमा ५–४ ले हराउन सफल भयो ।
२४ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उपविजेताले ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता पुस ५ गतेसम्म सञ्चालन हुनेछ
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

